प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई

प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पत्रकार कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

२६ औं स्थापना दिवसका अवसरमा शाखाको सोमबार बसेको बैठकले न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुने कार्यक्रममा प्रदान गर्ने निर्णय भएको शाखा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी रु दश हजार रहेको छ ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस चौतारी तनहुँका उपाध्यक्ष न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक हुन् । न्यौपाने राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker