माओवादी केन्द्रबाट गण्डकी सरकारको समर्थन फिर्ता, मुख्यमन्त्री पाण्डे अल्पमतमा

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिइन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डे अल्पमतमा

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।

गण्डकीमा सरकार बनाउन सांसद संख्या ३१ चाहिने भएपनि एमाले र माओवादीका २९ सांसद छन् । सभामुखले राजीनामा दिए पनि ३० मात्र हुन्छ । त्यसैले गण्डकीमा एमाले-माओवादीकाे सरकार बन्न राप्रपा र समाजवादी निर्णायक देखिन्छ ।

माओवादीकाे चुनाव चिह्नबाट जितेका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकाेटाले पनि सरकारकाे समर्थनबारे अन्याेल रहेकाे बताउँछन् । केन्द्रकाे निर्णय पर्खिराखेकाे देवकोटाले जानकारी दिए । नेसपाले आफ्ना सांसदलाई अलग गरिदिन निर्वाचन आयाेगमा पत्र पठाएकाे छ । तर निर्णय नभइसकेकाले अन्याेल कायमै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker