प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र बाबुराम भेट्न नेता पौडेल पुगेका थिए। भेटमा नेसपाका नेता महिन्द्रराय यादव पनि थिए।

शीर्ष नेताहरूको भेटवार्तामा गठबन्धनको निरन्तरता र आगामी सरकार गठनको विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। भेटमा नेता पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न प्रचण्ड र बाबुरामलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीको रेसमा रहेका पौडेलले यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker