उमाचोक सामुदायिक वनलाई गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वन उपभोक्ता समूह यस वर्षको प्रतिष्ठित गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार बाट सम्मानित हुने भएको छ ।
वन तथा भू–संरक्षण विभागको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उमाचोक सामुदायिक वनलाई उक्त राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको हो।
यसैगरी, म्याग्दे गाउँपालिका–२ कै डुनडाँडा कबुलियती वन समूह …कÚ लाई कबुलियती वन राष्ट्रिय पुरस्कार तथा बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठलाई निजी वन राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ।
वन संरक्षण, दिगो व्यवस्थापन तथा वातावरणीय संरक्षणमा पु¥याएको योगदानको मूल्याङ्कनका आधारमा यी पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ।










