सडक र नाला निर्माणको अनुगमन

तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा सहितको टोली मदन मोटर मार्ग अन्तर्गत भोरकोट खण्डमा ग्राभेल सडक र नाली निर्माण कार्यको स्थलगत अनुगमन गर्दै । निर्माण कार्य कम गुणस्तरको भएको जनगुनासो आएपछि अध्यक्ष तथा प्राविधिक सहितको टोलीले अनुगमन गरी निर्माण पक्षलाई कामको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएको छ ।

तस्विर : भञ्ज्याङ










