बजेट अभावमा भिमादको नगर अस्पतालको काम रोकियो

भञ्ज्याङन्यूज

तनहुँको भिमाद नगरपालिका-६ मा निर्माणाधिन भिमाद अस्पतालको भवन बजेट अभावका कारण भवन निर्माण कार्य रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताएका छन् ।

एघार करोड ५२ लाख ९ हजार ९६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो । हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुइ करोड ९४ लाख ९३ हजार १५९ रुपैयाँ भुक्तानी गरिएको छ ।

भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए ।

बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फसम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker