शीर्षनेताद्वारा विकासमा एकताबद्ध हुन आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हीरक महोत्सव समारोहमा देशका शीर्षनेताहरुले एकै मञ्चबाट  मुलुकको विकासमा एकताबद्ध हुनुपर्ने उद्घोष गर्नुभयो । महोत्सवमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत उपस्थिति हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरुको उपस्थिति हुने बित्तिकै अत्याधुनिक प्रविधिसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थापनाको हीरक महोत्सवको शुभारम्भ गरेपछि माहोल निकै रोचक बनेको थियो ।
पूर्वराष्ट्रपति  भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ संयुक्तरुपमा प्रधानमन्त्री  दाहाल ,एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति देउवा, एकीकृत समाजवादीका नेता खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा  भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलगायत प्रमुख दलले सम्मान प्रदान गर्नुभयो । त्यो समय मञ्चमा दलहरुबीच एकताको दृश्य प्रस्ट देखिन्थ्यो । हिरक महोत्सवमा उपस्थितिहरुले उक्त समारोहलाई निकै रोचकपूर्ण तरिकाले तालीले स्वागत गरिरहेका देखिन्थ्यो । सम्मानित हुने बित्तिकै पूर्वराष्ट्रपति भण्डारीले सम्बोधनका माहोल केही भावुक भएको थियो ।
हीरक महोत्वसको प्रारम्भ हुने बित्तिकै नेकपा स्थापनाको अवस्थादेखि वर्तमान अवस्थासम्म विश्लेषण गरेर वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त  वृत्तचित्रप्रति इङ्गित गर्दै कांग्रेसका सभापति देउवालले सम्बोधन गर्ने बेलामा ‘खाली कांग्रेसलाई गाली गर्ने’ भन्ने शब्दबाट सम्बोधन सुरु गर्नुभयो । केहीबेर सबैलाई अलि असहजजस्तो महसुस भएको थियो तर उहाँले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै देशको विकासमा सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
“वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्दै मुलुकको विकास गर्न सबैको सहकार्य जरुरी छ,” सभापति देउवाले भन्नुभयो, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।”
महोत्सवमा कांग्रेस सभापति देउवापछि प्रधानमन्त्री दाहालले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान दिनुपर्ने बताउनुभयो ।
“हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,” उहाँले भन्नुभयो, “हामीले समझदारी गर्दा ठूला–ठूला उपलब्धि हासिल गरेका छौँ तर जतिबेला हामी विमति तिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सृजना भयो, आजको दिन राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्दछु ।”
सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्दै आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त अध्यक्ष दाहालको थियो । सम्बोधनका क्रमा एमालेका अध्यक्ष  ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्छ, एमालेले नाजायज ढङ्गले कुनै पनि खालको अडान राख्दैन तर मुलुकको हितको पक्षमा उभिन्छ ।”
हीरक महोत्वसमा मुलुकका शीर्ष राजनीतिक दलको आ–आफ्नो शैलीमा प्रस्तुति फरक भए पनि सबैको चाहना मुलुको विकास र समृद्धि नै थियो । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित नेकपाको स्थापना दिवका अवसरमा विकास र समृद्धिका लागि पाइला अघि बढाउनुपर्ने सन्देशमूलक गीतसमेत कलाकारहरुले प्रस्तुत गरेका थिए । महोत्सवका लागि साजसज्जा निकै गरिएको थियो ।
विभिन्न आर्कषण नाराका साथ नेकपा स्थापनाको ७५ लेखिएको पोष्टरमा फोटो खिच्ने र रमाउनेको निकै घुइँचो देखिन्थ्यो । महोत्सवको अर्को आकर्षणको केन्द्र लोकतान्त्रिक चोक भनेर किटान गरिएको एउटा स्थान थियो । त्यहाँ गएर व्यक्तिले आफ्नो विचार लेखिरहेका थिए । नेकपा स्थापनाको हीरक महोत्सव निकै रोचक देखिन्थ्यो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker