ज्येष्ठ नागरिकलाई घरदैलोमै सेवा

तनहुँको बन्दीपुर गाउँपालिका–४ मा बन्दीपुर अस्पतालले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत एक वृद्धाको रक्तचाप जाँच गर्दै अस्पतालकी स्टाफ नर्स प्रिया श्रेष्ठ । यस कार्यक्रम अन्तर्गत २० महिला र ३ पुरुष गरी २३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणमा उच्च रक्तचाप, मधुमेह, दीर्घ स्वासप्रश्वास सम्बन्धी रोग लगायत विभिन्न स्वास्थ्य समस्या पहिचान गरिएको थियो । तस्विर : भञ्ज्याङ










