पर्यटकीय नगरी तनहुँको बन्दीपुर वरपरका केही सुन्दर दृष्यहरु

तनहुँको बन्दीपुर गाउँपालिका-३ स्थित पर्यटकीय गाउँ रामकोट । गाउँपालिकाले ग्रामीण प्रवर्द्धन कार्यक्रम मार्फत यस गाउँमा होमस्टे सञ्चालन गर्नुका साथै विभिन्न पूर्वाधार निर्माण गरी बन्दीपुरमा आएका पर्यटकलाई रामकोट गाउँ पुर्याउने योजना बनाएको छ ।

पर्यटकीय नगरी बन्दीपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि बन्दिपुर पुगिन्छ ।

बन्दीपुर गाउँपालिका-६ स्थित धरमपानी गाउँ । ग्रामीण पर्यटन प्रवर्द्धनका साथै बन्दीपुरमा आउने पर्यटकलाई गुरुङ समुदायको संस्कार, संस्कृति तथा स्थानीय खानाका परिकारबाट पाहुनालाई आकर्षित गर्ने गरी यहाँ घरबास (होमस्टे) सञ्चालन गरिएको छ ।

बन्दीपुर गाउँपालिका-२ मा निर्माण भइरहेको पदमार्ग पर्खाल । सोही वडाको थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गनिेछ । यसलाई मिनी ग्रेटवालका नामले पनि चिनाउने गरिएको छ ।

पर्यटकीय नगरी बन्दीपुर बजार । यहाँ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् ।

तस्विर : भञ्ज्याङन्यूज










