तनहुँमा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो

तनहुँको दमौलीमा आयोजित जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जित्न सफल भएको छ । तनहुँ जिल्ला भलिबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा घिरिङ गाउँपालिकालाई सोझो सेटमा हराउँदै शुक्लागण्डकीले उपाधि जितेको हो ।

शनिबार फाइनल खेल आयोजना गरिएकामा दुइ सेट सकिएपछि हावाहुरी र पानीले खेल स्थगित भएपछि आज भएको फाइनल खेलमा शुक्लागण्डकीले घिरिङलाई २५-२०, २५-२३ र २५-२२ अंकले पराजित गरेको छ । प्रतियोगिताको फाइनल खेलमा पराजित घिरिङ द्धितीय भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ बिहीबारदेखि आयोजित प्रतियोगितामा भिमाद नगरपालिका तेस्रो भएको छ । ऋषिङ गाउँपालिकालाई पराजित गर्दै भिमादले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताको विजेता बनेको शुक्लागण्डकिले १ लाख १ हजार १११ रूपयाँ नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको घिरिङले ५१ हजार १११ रुपैयाँ र तेस्रो हुने भिमादले २५ हजार १११ रूपयाँ नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

यस्तै, प्रतियोगितामा बेष्ट र्सभरको उपाधि घिरिङ गाउँपालिकाका हरिकुमार श्रेष्ठ, बेष्ट डिफेन्डरको उपाधि ऋषिङ गाउँपालिकाका विकास थापा, बेष्ट सटरको उपाधि शुक्लागण्डकी नगरपालिकाका अशोक मल्ल ठकुरी, बेष्ट स्पाइकरको उपाधि घिरिङ गाउँपालिकाका सुदीप थापा, बेष्ट ब्लकरको उपाधि भिमाद नगरपालिकाका युक्सल थापा, बेष्ट प्लेयरको उपाधि शुक्लागण्डकी नगरपालिकाका भोजराज बिसी र फेयर प्ले टिमको उपाधि ऋषिङ गाउँपालिकाले प्राप्त गरेका छन् ।

विजेतालाई तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनार लगायतले पुरस्कृत गरेका थिए ।

उक्त प्रतियोगितामा तनहुँका भानु नगरपालिका र आँवुखैरेनी गाउँपालिका बाहेक ८ वटा पालिकाका खेलाडीको सहभागिता रहेको भलिबल संघ तनहुँले जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker