एमाले व्यास नगर कमिटीको अध्यक्षमा पाण्डे निर्वाचित

नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा तुल्सीरामले १०८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अधिवेशनका लागि १९९ जना प्रतिनिधि छनोट भएपनि निर्वाचिन प्रक्रियामा १६७ जना सहभागि भएका थिए । जस अनुसार तुल्सीरामका प्रतिस्पर्धि ललित पाण्डेले ५५ मत प्राप्त गरेका छन् ।

शनिबार मनोनयन दर्ता र उम्मेदवारी फिर्ताको समय रहेकामा सहमति नभएपछि मतदान प्रक्रियाबाट नगर कमिटी चयन गरिएको हो ।

यस्तै, व्यास नगर कमिटीको उपाध्यक्षमा ८७ मत प्राप्त गरी चिज बहादुर गुरुङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि विष्णु बहादुर पोख्रेलले ६६ र अर्जुन कुमार श्रेष्ठले ७ मत प्राप्त गरेका छने ।

सचिवमा ११४ मत प्राप्त गरी रामचन्द्र अधिकारी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि जुन नारायण श्रेष्ठले ३६ मत प्राप्त गरेका छन् ।

उपसचिव पुरुष तर्फ ८० मत प्राप्त गरी सुदिप पौडेल निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि टोप बहादुर परियारले ७९ मत प्राप्त गरेका छन् ।

उपसचिव महिला तर्फ ८४ मत प्राप्त गरी जौमाया रायमाझी निर्वाचित भएकी छने भने उनकी प्रतिस्पर्धि मन्जु अधिकारीले ७४ मत प्राप्त गरेकी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker