कृषि एप्पको जानकारी

तनहुँको घिरिङ गाउँपालिकाले सञ्चालनमा ल्याएको कृषि एपका विषयमा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्ररेल । गाउँपालिकाले हेफरको सहकार्यमा कृषकहरुलाई आ-आफ्नै मोबाइलबाट कृषिका विषयमा जानकारी दिने गरी कृषि एप्प सञ्चालनमा ल्याएको छ । यो एप्पबाट कृषकले आफ्नै मोबाइलबाट घरमै बसेर मौसम अनुसारको खेतीपाती, बजार मूल्य श्रृंखला, खेती गर्ने तरिका विऊविजनको प्रयोग लगायतका जानकारी लिन सक्ने बताइएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










