अनलाइन मार्फत् ठगी गर्ने एक महिला पक्राउ

दमौली । अनलाइन मार्फत् ठगी गर्ने एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेकी ती महिलाले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत् विदेशबाट मोवाइल, एयरबोर्ट समेतको सामान आएको छ भनी झुक्याएर पाँच लाख रुपैयाँ ठगी गरेको बताइएको छ ।

पक्राउ परेकी थापा विरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker