कथा – शिकार

सुरेशकुमार पाण्डे

“अब त बुढेसकाल लाग्यो धर्म कर्म गर्नुपर्छ , मठ मन्दीरमा जानुपर्छ। “- दिवानको आवाजले म झसङ्ग भए।साहिद मेरो ध्यान अन्त कतै थियो। मठ मन्दीर, धर्म क्रमको नामले मलाई केही दिन पहिलेको एउटा घट्ना झलझली आंखा व़रिपरी आयो।

आज बिहानै देखि पानी परेकोले मौसम पनि चिसो थियो।सुस्तरी चलेको बतासले झनै मौसमलाई चिसो बनाएको छ।

” मानिसले पनि धर्म गर्छन् र भाई ? “- मैले अनायसै प्रश्न सोधेँ। ऊ मतिर ट्वाल परेर हेरीरहेको थियो।

” गर्नुपर्छ नी दाई !”- उसले मतिर हेर्दै गम्भिर सैलीमा भन्यो। दिवानको त्यो कुराले मलाई कुनै वेलाको एउटा घटना सोंच्न बाध्य बनायो।त्यो घट्ना कति दर्दनाक थियो ! भन्नै सक्दैन।

” कुनै दिनको कुरा हो म एक्लै थिएं मेरो जीवन साथि ‘देवी’ आमालाई भेट्न “सुनपुर” माइतिमा गएकी थिइन।बिहानी पखको परायजसो दुबैजनाले सङ्गै पैदल यात्रा गर्थ्यौं। तर आजा भने मलाई एकेलै जानु पर्यो।घुमघामको सिलसिलामा धरमपानी तर्फ लागें । बिहान अँध्यारो थियो मोबाइलको लाइट बाँले र विस्तारै हिंड्न थालें।

धरमपानी भनेपनि खासमा हामीहरू सधैं धरमपानीसम्म पुग्दैनथ्यौँ।अलिक तलैबाट अर्थात कात्तिकेपानीबाट रिटन हुन्थ्यौं।आज पनि म त्यही ठाउँबाट फर्किएं।कात्तीके पानीको थोरै यता हामिले बस्ने र भ्यायमसाला पनि बनाएका छौं।त्यहां अहिले बुद्धको मूर्ती पनि राखेका छन्। हामिले “पार्वता स्मृती साहितृय प्रतिष्ठान”को तर्फबाट दुइव़टा फलामका बेञ्च आफैले पनि आमाको सम्झना स्वरूप राखेका छौं।

यो बाटो हात्थी खर्क जानेबाटो हो।ठ्याक्कै दिन त थाहा भएन तर चीसोको मौसम थियो।मेरो दैनिकी कार्य भनेको बिहानै तीन बजे उठ्ने र केही रचना लेख्ने फेसबुकमा पोष्ट गर्ने छ। दिनमा एक वा दुईव़टा रचना पोष्ट गरिन भने कस्तो कस्तो अपठ्यारो लाग्छ। त्यसैले पराय सधैं रचना कोर्ने बानि बसेको छ।

हामी चार बजेतिर घुम्न निस्कन्थ्यौं।तर चिसोको दिनमा म साढेचार बजे तिर नै जान्थे कहिले पाँच बजे तिर जान्थ्यौँ। यो पछिल्लो दौर हो पहिले नियमित चार बजेभन्दा पनि पहिल्यै हिंड्थ्यौं।साहेद आज भने म अलिछिट्टै हिंडे छु।बाहिर अंध्यारो थियो।

भनिन्छ बिहानी घुमघामले सरिरलाई लाभ हुन्छ ।चुस्त दुरूस्त रहन बिहानीमा दैनिक नै घुम्नुपर्छ।निरोगी हुनको लागि सरिरमा फुर्ति एनेर्जी पैदा गर्नका लागि पनि दैनिक घुम्नुपर्छ भन्ने आम मान्यता पनि छ।हामिले “स्वास्थ रहौं !मस्त रहौं ” भन्ने नाराका साथ दिनौं सयुँक्त रूपमा घुमघाम गर्ने गर्दथ्यौं। जसले गर्दा सामन्य रूपमा औषधी खान परेको पनि छैन्। नियमित हिंड्ने र सागपातको सेवनले सरिरलाई फाइदा नै हुन्छ।

अब त “नमस्ते कलब”पनि दर्ता भएको छ।तर त्यो वेलाभने भएको थिएन बरू दर्ता प्रकृया चल्दै थियो।

म विधुत बिभागको जागिरबाट अवकास प्राप्त गरेकोले पनि म बिभगमा छँदा फिल्डमा पैदल यात्रा गर्नेगर्थे।लाइनको पेट्रोलियम पैदलनै गर्नुपर्दथ्यो।फाल्ट निकाल्न पोल टु पोल हेर्दै जानुपर्दथ्यो त्यसैले पनि मलाई घुम्न अर्थात पैदल यात्रा गर्न खासै दिक्कत हुदैन।परायजसो मलाई बिहान पख हिंड्ने बानिनै थियो।

करिब ६ बजेतिर कात्तिकेपानीबाट फर्किने कर्ममा तीन चारजनाले एउटा बलियो राङ्गालाई कीलामा बाँधेर उसको चाँदामा घनले ड्याम की ड्याम हान्न थालेका थिए।त्यो बिचरो असाय अवस्थामा कहिले यता जान खोज्छ केहिले उता” तर कतै पनि जानसक्दैन बलिएर बांधेकाले ऊ कतै जान सक्ने कुरै भएन।मानिसहरू उसलाई केही वेरसम्म यस्तै प्रहार गरेर ऊ ह्वाई ह्वाईं गर्दै याचना गर्दै लाथ्राकलुथ्रूक भुइमा ढल्यो।

म अलिक टाडाबाट नियालीरहें उस्तै जस्तो की एउटा न मरेको न बांचेको जिउँदो लाश चुपचाप सङग ट्वाल परेको हुन्छ।मेरा आँखा थिए र देखिरहेका थिए मन पग्लिरहेको थियो तर ओंठमा ताला लागेझैं बन्द थियो।म चाहेर पनि उसलाई बचाउन सक्दैनथें ।मेरा हात थिए खुट्टा थिए तर सुन्ह अवस्थामा म मौन रहें। ऊ ह्वाएं -ह्वाएं गर्दै ग्वार माग्दै थियो ।आफ्नो प्राणको दया माग्दै थियो मेरो अन्तरआत्मासम्म उस्को आवाज पुग्यो तर केही गर्न सकिन।मानिसहरू उसलाई मारेर सिकार खाने मुड्मा थिए।किन की उनिहरूले उसलाई खानकै लागि रूपियां दिएर किनेका हुन।

बाजारमा जताततै राङ्गा,बोका ,सुंगुर र कुखुराहरू दिनानुदिन हजारौं मारिन्छन् र मानिसले उनैको मासु खाएर रमाउछन्।

“आखिर जनवार पशु पंक्षीको कुनै भगवान छकी छैन ? यसो सोंचे यिनिहरू मध्य कुनै आफ्नो कालले उमेर पुगेर मर्छन् की मर्न पाउंदैनन् होला ? मैले मनमनै भने।

मैलेपनि गर्भै देखि चिची खाँदै हुर्केको हु , तर कुन्नी किन मलाई कसैले पशु बथ गरेको देख्दा टीठ लाग्छ र दया आउँछ।म भाबुक हुन्छ ,आंखा रसाउंछन्।आफैले कहिल्यै यो मारकाटको काम गरेको पनि छैन।आज यो राङ्गोलाई मारेको आफ्नै आँखाले देख्दा सोंच्छु पशुको रक्षा कसले गर्ने होला ? अक्सर मानिसले भनेको सुन्छु ” जसको कोही हुदैन उसको भगवान हुन्छ ” के त्यो मानिसको मात्रै हो की पशु पंक्षी सबैको लागि हुन्छ ? असलमा त्यो कसैको लागि पनि हुदैन।

हुन त यो चराचर जगतमा भगवान भन्ने कुनै छ भने त्यो मानिसको एउटा खोक्रो कल्पना वा भ्रम मात्र हो। तरपनि किन मानिसहरू यसरी त्यो भ्रमको खेती गरीरहेका हुन्छन् ? र धर्मको नाममा अनगिन्ती पाप गरिरहेका हुन्छन्।

यति क्रूता पूर्वक पशुको हत्या हुन्छ, उनैको मासूमा कारोबार हुन्छ ।

“के भयो दाई ?कता हराउनु भयो ? “दिवानको फेरी उस्तै प्रश्नले अहिले पनि मलाई झसङ्ग गरायो। उसलाई पछि फर्केर हेर्न खोंजे तर उ मेरो उत्तरको पर्तिक्षा गर्न लागेन आफ्नो गनतब्य तिर जान फर्किएको थियो।त्यो देखेर म पनि चुपचाप आफ्नो गनतव्य तर्फ लागे।

दाङ, घोराही १८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker