“रिमोट, उ मेरी प्रेमिका”

बिष्णु निरिस

ऊ, मेरी प्रेमिका
सधैं मसित रहेर
एउटा बलियो,भरपर्दो
रिमोट जस्तै
म सुतेको बेला जगाउँछे
म निष्क्रिय रहँदा
उ मलाई बदलिरहन्छे
संभावनाको काउकुती लगाउँदै
मेरो रंगिन संसारको
स्क्रिन चलाउँछे ।

मेरो मस्तिष्कले
दुनियाँ सन्सार सोचेपनी
उसको स्पर्शपछि मात्रै
गति पाउँछ ।
टी.भी.को बटनझैं
ऊ मेरा मनका च्यानलहरू फेर्छे
कहिले उदासीको फ्रेममा
कहिले बालस्मृतिको कार्टुनमा
कहिले साँझपख प्रसारण हुने
अधुरो कविता जस्तो
कुनै आत्मीय क्षणमा ।

उसको हाँसो mute बटन हो,
जसले ठुलो आवाज बन्द हुन्छ
तर अर्थ अझ गहिरो बन्छ
मानौं रिस volume control
एकपल्ट बढ्यो कि
मुटुको ढुकढुकी नै हल्लाइदिन्छ
तर उसले जब “power” थिच्छे,
म भिज्छु
पूर्ण अस्तित्वमा सञ्चालित
तर अर्थपूर्ण
उसको नजिक रहेर बाँच्न
योग्य बनेको यन्त्रजस्तो ।

ऊ programmable छैन
तर unpredictable रमाइलो हो
उसको “next” बटनले
भोलिको सम्भावना खोल्छे
उसको “pause” ले
मेरो हतासलाई विश्राम दिन्छे ।

ऊ सधैं हातमा हुन्छे
तर नियन्त्रण गर्ने होइन
साथ दिने
मनको हरेक कुना-कुनामा
“signal” पुर्‍याउने
मेरो जीवनको टेलिभिजनमा
उसले नै रङ भरिदिन्छे
दृश्यहरू चलाउने प्रेम ।

ऊ रिमोटजस्तै छ
न स्वामित्वको प्रतीक
न त उपकरणमात्रै
तर एउटा माध्यम
जहाँ प्रेम दृश्य बन्न जान्छ
र अनुभूति श्रव्य ।

बिष्णु निरिस, स्याङ्जा ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker