पुष्पलालको स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा तनहुँमा वृक्षारोपण तथा विविध कार्यक्रम गरिएको छ । नेकपा एमालेले आइतबार वृक्षारोपण तथा पुष्पलालको योग्दानको चर्चा गरी स्मृति दिवस मनाइएको छ । नेपालको प्रजातान्त्रिक कम्युनिष्ट आन्दोलनका संस्थापक धरोहर पुष्पलालको स्मृति दिवसमा एमालेले व्यास नगरपालिका-४ स्थित कालिका मन्दिरमा वृक्षारोपण गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्य सहभागी थिए । यसतै, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ । पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाए ।

विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उहाँले देख्नुभएको सपना पूरा हुन नसकेको गुनासो कायमै छ ।

संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ । पुष्पलाल लगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेताहरु बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker