हाटबजारमा तरकारी खरिदबिक्री

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा तरकारी खरिदबिक्री गरिदै । गाउँपालिकाले स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यले शुक्रबारे कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । उक्त हाटबजारमा पालिकाका कृषकले उत्पादन गरेको तरकारी, खसीबोका, मह, कुखुरा लगायतका उपज कृषक आफैले बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ










