इन्स्टाग्राममा मेटा एआई कसरी प्रयोग गर्ने ?

सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई धेरै खालका फिचरहरु उपलब्ध गराउँदै आएको छ । इन्स्टाग्रामको रिल्समा मानिसहरुले धेरै समय बिताउने गर्दछन् र यसबाट कैयन कन्टेन्ट सिर्जना गर्नाले मनग्गे पैसा पनि कमाउने गरेका छन् ।

कम्पनीले इन्स्टाग्राम प्रयोगकर्ताका लागि यस प्लाटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर ल्याइसकेको छ । इन्स्टाग्राममा उपलब्ध मेटा एआई फिचर प्रयोगकर्ताहरुका लागि निकै उपयोगी हुन्छ ।

यदि तपाईले अहिलेसम्म इन्स्टाग्राममा मेटा एआईको प्रयोग गर्नुभएको छैन भने पनि अब यसको अनुभव लिन सक्नुहुन्छ । मेटा एआइएको प्रयोग गरेर तपाइँले सजिलैसँग कुनैपनि प्रश्नको जवाफ प्राप्त गर्न सक्नुहुन्छ । इन्स्टाग्रामका सर्जकहरुले यो सुविधा प्रयोग गरेर आफ्नो सिर्जनात्मकतामा वृद्धि गर्नुका साथै आम्दानी पनि बढाउन सक्दछन् ।

इन्स्टाग्राम मेटा एआई एएटा च्याटबट हो । यो फिचरको मद्दतले कुनैपनि विषयका बारेमा व्यापक रुपमा जानकारी हासिल गर्न सक्नुहुन्छ । यतिमात्र होइन मेटा एआईको सहयोगमा प्रयोगकर्ताले विभिन्न खालका स्टोरी तथा तस्वीर पनि तयार गर्न सक्दछन् । इन्स्टाग्राममा मेटा एआई प्रयोग गर्नका लागि तल दिइएबमोजिमको तरिका अपनाउनु पर्दछः

  • आफ्नो डिभाइसमा इन्स्टाग्राम खोल्नुहोस्
  • त्यसपछि स्क्रिनको बायाँतर्फ स्वाइप गर्नुहोस्
  • स्क्रिनमा सबैभन्दा माथि सर्च बार देखिनेछ । त्यहाँ निलो रंगको गोलाकार आइकनको रुपमा मेटा एआईको विकल्प उपलब्ध हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • इन्स्टाग्राम मेटा एआई आइकनमा क्लिक गरेसँगै एउटा नयाँ स्क्रिन खुल्नेछ ।
  • त्यसपछि तपाइँले सो मेटा एआईसँग च्याट गर्न सक्नुहुन्छ र कुनैपनि विषयका बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker