तनहुँको शुक्लागण्डकीमा ५ जना संक्रमित थपिए, स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिपीको सेवा बन्द

तनहुँको शुक्लागण्डकी नगरपालिकामा ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी-८ का ३३ र २२ वर्षीय २ पुरुष, वडा नं. ४ का ३१ वर्षीय पुरुष, वडा नं. ५ का ५७ पुरुष र अर्का ठेगाना नखुलेका १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसका आधारमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको निर्देशनालयले उल्लेख गरेको छ ।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सर्म्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब संकलन गर्दैछौं’, डा श्रेष्ठले भने, ‘पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।’

आइसोलेसनलाई छुट्टै भवन

सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आहृवान भएर मूल्याङ्कनको चरणमा रहेको उनले बताए ।

संघीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker