भानु नगरपालिकामा “विपन्न नागरिक” सहयोग कार्यक्रम

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका कार्यालयले ‘विपन्न नागरिक’ सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघात भएकाको उपचारका लागि सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
हाल विभिन्न वडाबाट नगरपालिकामा ती रोगको उपचारका लागि ५५ जनाको नाम सिफारिस भएको छ । उक्त प्रकृतिका बिरामीका लागि मासिक रु पाँच हजार उपचार खर्च उपलव्ध गराउदै आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको १३औं नगर सभाबाट विपन्न नागरिक सहयोग कार्यक्रमका लागि रु ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । स्वास्थ्य केन्द्रहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच गर्ने अभियान सुरु गरेको उनले बताए ।
कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापनका लागि लक्षित जनसंख्याले कोभिडविरुद्धको खोप प्राप्त गरिसकेका छन् । किशोरीहरूको प्रजनन् स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम, पोषण स्थिति सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
यस्तै, स्वास्थ्य क्षेत्रको पूर्वाधारतर्फ पुरानडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा अगाडि बढेको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सुविधासम्पन्न अस्पताल निर्माण कार्यलाई प्राथामिकता दिइएको छ ।
कालीमाटी अस्पतालको निर्माणका लागि ठेक्का सम्झौता भएतापनि अस्पताल भवनको डिपीआर अनुसार यकिन गरिएको स्थानमा ‘लेआउट’ गर्दा जग्गा विवाद भएपछि अन्यत्र व्यवस्था गरी निर्माण प्रक्रिया अघि बढाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker