दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा

दमाैली । सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको यो होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्दछ ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब रु एक अर्ब लगानी भएको छ । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापन सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।

होटलमा सुविधासम्पन्न कूल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । ती हलमा सभा, सम्मेलन, विवाहलगायत पार्टी तथा भोज गर्न सकिने सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्यहरु पोखरा र बन्दिपुरको बीचमा रहेको दमौली आफैमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याइएको न्यौपानेले बताए ।

तीन महिनाको अध्ययनपश्चात् होटल स्थापना गरिएको न्यौपानेको भनाइ छ । उनले भने, “यहाँ स्तरीय होटलको आवश्यकता महशुस गरी सिद्धार्थ होटल सञ्चालनमा ल्याइएको छ । होटलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछौ ।”

पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट एक सय ५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । होटलमा न्यूनतम रु पाँच हजारदेखि रु १५ हजारसम्मका कोठा छन् । उद्घाटनको अवसरमा कोठामा ३० प्रतिशत र खानामा २० प्रतिशट छुटको व्यवस्था गरिएको छ ।

होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउने एपेक्स हस्पिटालिटी लिमिटेडका कार्यकारी प्रमुख सुशील न्यौपानेले जानकारी दिए।

पर्याप्त सवारी साधन अट्न सक्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । होटलमा आवश्यक सबै प्रकारका सुविधासहित उचित मूल्यमा सेवा उपलब्ध गराइने छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने दमौलीको होटलमा ४० जनाले रोजगारी पाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker