तनहुँमा शेखर समूहले गर्यो नेविसंघ जिल्ला अध्यक्ष घोषणा

नेपाली कांग्रेस शेखर कोइराला समूहका नेविसंघ नेताहरुले तनहुँमा समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

उनीहरुले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त क्याम्पसमा भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका हुन् ।

यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए । अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी सहित नेताहरु तनहुँ आएर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker