एमालेको घोषणापत्र : प्रतिव्यक्ति आम्दानी दोब्बर, सबैको सामाजिक सुरक्षा भत्तामा वृद्धि (पूर्णपाठ सहित)

आगामी ५ वर्षमा गर्ने कामका २० नारासहितको ग्यारेन्टी लिएर नेकपा एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ।

देशको अर्थतन्त्र र प्रतिव्यक्ति आयमा एमालेको घोषणापत्रले फड्को मारेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रूपैयाँ पुऱ्याइने एमालेले उल्लेख छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार देशको अर्थतन्त्रको आकार अहिले ४८ खर्ब बराबरको छ ।

यस्तै नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख (२ हजार ४०० अमेरिकी डलर) पुर्‍याउने लक्ष्य एमालेले लिएको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार नेपालीको आय एक हजार ३ सय ८१ डलर छ ।

एमालेले साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्‍याउने घोषणापत्रमा भनिएको छ ।

सबैप्रकारका भत्ता बढाउने

नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता बढाउने घोषणापत्रमा उल्लेख गरेको छ । साथै न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने भनिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख्मु जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने एमालेले जनाएको छ ।

एमालेको घोषणापत्रमा सहकारी संस्थाका सदस्यहरू एक करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब पुर्‍याउने उल्लेख छ ।

घोषणपत्रमा भनिएको छ, ‘दुई वर्षमा विद्युतमा पहुँच हुने जनसंख्या शत प्रतिशत पुर्‍याइनेछ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट वि द्युत निःशुल्क उपलब्ध गराइनेछ । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुऱ्याइनेछ।’

आर्थिक वृद्धिदर दोहोरो अंकको बनाइने

एमालेले प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धि उच्च बनाएर दोहोरो अंकमा पुर्‍याउने र नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने बताएको छ ।

विगतमा एमाले सरकारले अघि बढाएका १२ नयाँ औद्योगिक क्षेत्र, १५ विशेष आर्थिक क्षेत्र र १०३ औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गरिने र सबै पालिकामा औद्योगिक ग्राम स्थापना गर्न प्रोत्साहको कार्यक्रमलाई एमालेले निरन्तरता दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker