तनहुँ-२ को समानुपातिक तर्फ एमाले पहिलो
भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नं. २ को समानुपातिक तर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधीसभा तर्फ २२ हजार ८०४ मत प्राप्त गर्दै एमाले पहिलो भएको हो ।
यसैगरी २२ हजार २६३ मत सहित नेपाली कांग्रेस दोस्रो भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले १० हजार १२९ मत ल्याएर तेस्रो स्थानमा आएको छ ।
नेकपा माओवादी केन्द्रको हसिया हथौडाले ५ हजार २४७ मत ल्याएको छ । राप्रपाको हलोले १ हजार ७३४ मत ल्याएको छ । नेकपा एकिकृत समाजवादीको कलम चिन्हले ४४४, हाम्रो नेपाली पार्टीको लौरोले ४१७ मत प्राप्त गरेको छ ।
यस्तै, मंगोल नेशनल अर्गनाइजेसनको कुखुराको भाले चिन्हले ६२५ र राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हले ४२९ मत ल्याएको छ । नेकपा मालेको हसिया र तारा चिन्हले १३४ मत ल्याएको छ । अन्य दलले पनि केही मत ल्याएका छन् ।
यस क्षेत्रमा १ लाख २५ हजार ५ मतदातामध्य ६८ हजार ३४३ मत खसेकोमा कुल ३ हजार ३०८ मत बदर भएकोे निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।