स्वास्थ्य र इन्धन वचतको सन्देश : दुलही लिन बेहुलाको साइकलको सवारी

सविन लामिछाने

पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित महंगा गाडी लिएर जाने गर्दछन् ।

तर बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा ।

बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बा आमा एकछिन आर्श्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए ।

दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने, ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ ।’

सापकोटाले यसअघि इलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् ।

‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुनर्ेर् इन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker