रास्वपा म्याग्देको सभापतिमा मनोज अधिकारी चयन

म्याग्दे : राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको सभापतिमा मनोज अधिकारी चयन भएका छन् । बिहीबार भएको भेलाले अधिकारीको सभापतित्वमा कार्यसमिति चयन गरेको छ। जसअनुसार उपसभापतिमा उदयराज आचार्य, सचिवमा विमल रानाभाट चयन भएका छन् ।
भेलालाई पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले सम्बोधन गर्दै पार्टीमा बेथिति गर्ने छुट नभएको बताए । प्रसाईले रास्वपामा बेथितिको सोच सहित कोही आए त्यस्तालाई कांग्रेस एमालेमै फिर्ता गरिने उनले बताए ।
‘रास्वपाभित्र कुनै गुट नरहेको र आगामी दिनमा पनि गुट बन्दैन’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिमा गुट बनेको छैन र नबन्ने हामी जिम्मा लिन्छौ । पार्टीभित्र वैचारिक प्रतिस्पर्धा भने आवश्यक छ ।’ पार्टीभित्र अग्रजको सम्मान गर्दै युवा पुस्तालाई प्राथमिकता दिने प्रसाईले बताए ।
उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य एवं सांसद हरि ढकाल, शिव नेपाली, गण्डकी प्रदेश सभापति राजन गौतम लगायतले सम्बोधन गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker