डुम्रे बचत तथा ऋण सहकारीद्वारा विद्यार्थीलाई पोशाक वितरण

डुम्रे : तनहँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा विद्यालय पोशाक वितरण गरेको छ ।
सहकारीले बन्दीपुर–१ को उपल्लो फाँटस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई  विद्यालय पोशाक उपलब्ध गराएको संस्थाका अध्यक्ष राम कुमार पियाले जानकारी दिए ।
सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको र यस वर्ष विद्यार्थीलाई पोशाक उपलब्ध गराएको सहकारीका ब्यवस्थापक अच्युत सुवेदीले बताए ।
पूर्व जिल्ला शिक्षा अधिकारी एवं स्थानीय देवेन्द्र खनालले सहकारीले विद्यार्थीका लागि गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै यस्ता सहयोगले विपन्न समुदायका बालबालिकालाई सहज रुपमा शिक्षा आर्जन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker