भानुमा दोस्रो मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता सुरु

भानु : तनहुँको भानुमा नगरस्तरीय खेलकुद विकास समितिले वडा नं. २ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर÷उपमेयर कप २०८१/०८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु गरिएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता बैशाख २७ गतेसम्म सञ्चालन हुने नगर प्रवक्ता एवं वडा नं. ८ का वडा अध्यक्ष ईश्वरबहादुर घिमिरेले जानकारी दिए ।
यस्तै, बैशाख २७ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल, महिला भलिबल तथा महिला म्याच घुमाई कार्यक्रम पनि आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
खेलको माध्यमबाट आपसी सद्भाव र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको खेलकुद विकास समितिका संयोजक एवं वडा नं. ३ का वडाअध्यक्ष तुलबहादुर गुरुङले बताए ।
कार्यक्रमको शुभारम्भ गर्दै भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कार्यक्रम बारे जानकारी गराउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिका सकरात्मक रहेको बताइन ।