एघारौँ आर्दश तथा छैठौँ तारा स्मृति कपको उपाधि अकला गाउँबेसीले जित्यो

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीमा आयोजित एघारौ आदर्श तथा छैठौँ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि अकला गाउँबेसी क्लब छबिसेले जितेको छ । शनिबार सयौँ दर्शककोबीच भएको फाइनल खेलमा आयोजक आर्दश नमुना क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अकला गाउँबेसीले उपाधि जितेको हो ।

खेलको पहिलो हाफमा १–० कोे अग्रता बनाएको अकला गाउँबेसीले दोस्रो हाफमा २ गोल थपेको थियो । अकलाका लागि याक्कु मगरले २ तथा विजय शाही ठकुरीले १ गोल गरेका थिए । आर्दश नमुनाले पनि खेलमा गोल गर्ने सुन्दर अवसरहरु सिर्जना गरेको थियो । तर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुनुप¥यो । खेलमा अकला गाउँबेसीका याक्कु मगर म्यान अफ दि म्याच घोषित भए ।

विजेता अकला गाउँबेसीले उपाधिसहित नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता बनेको आयोजक आर्दश नमुना क्लबले नगद रु. ५० हजार सुरक्षित ग¥यो ।

च्याम्पियन अकलाले सेमिफाइनलमा डि.जि युनाइटेड दुलेगौँडालाई ३-१ ले पाखा लगाएको थियो भने आयोजक आर्दशले अकला गाउँबेसी ‘बी’लाई २–० ले पराजित गरेको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका आर्दश नमुनाका सुमन श्रेष्ठ मष्ट भ्यालुयवल प्लेयर घोषित हुदै नगदसहित ट्रफि हात पारे । आर्दश नमुनाकै विनोद घिमिरे सर्वाधिक गोलकर्ता घोषित भए । उनले प्रतियोगिताभर ७ गोल गरेका थिए । त्यस्तै, अकला गाउँबेसीका संगम ठकुरी उत्कृष्ट डिफेण्डर र रमन थापा उत्कृष्ट गोलरक्षक हुदै पुरस्कार हात पारे । गत फागुन १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ३२ टिमले सहभागीता जनाएका थिए ।

विजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस तनहुँका जिल्ला सभापति जीतप्रकाश आले, म्याग्दे गाउँपालिकाको निवर्तमान अध्यक्ष मायादेवी राना, क्लबका अध्यक्ष मलिन मल्ल लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा आफ्नो कार्यकालमा उत्कृष्ट नेतृत्व प्रदान गर्दै आर्दश नमुनालाई सफल बनाउन महत्वपुर्ण योगदान गरेको भन्दै क्लबले निर्वतमान अध्यक्ष गौरव राज रानालाई भव्य रुपमा सम्मान गरेको थियो । त्यस्तै, महिला मैत्रीपुर्ण खेल तथा ३० बर्षमाथिको पुरुष भेट्रान्स खेलका विजेता एवं उपविजेता समुहहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य जीतप्रकाश आलेले युवाहरुको उर्जा र एकता के हो भनेर आर्दश नमुना क्लबका सदस्यहरुले पुष्टि गरेको बताए । आर्दश नमुनाले नाम जस्तै नमुना कार्य गरी क्लबको गतिविधिहरु संचालन गरेको भन्दै प्रशंसा गरे । उनले युवाहरुलाई सहि मार्गमा हिडाउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने बताउँदै खेलकुदको विकासमा सबैको साझाँ प्रयास हुनुपर्नेमा जोड दिए ।

गाउँपालिकाकी निर्वमान अध्यक्ष मायादेवी रानाले युवाहरुले अग्रजलाई सम्मान गर्दै स्व. तारा राज रानाको स्मृतिमा कार्यक्रम गदै आएकोमा खुसी व्यक्त गरिन् । युवाहरुकै सक्रियताले व्यवस्थित खेलमैदान बनेको बताउँदै मैदानको संरक्षणसहित दर्शक बसेर खेल हेर्न मिल्ने बनाउन आफ्नो पनि पहल र साथ रहने उनको भनाई थियो ।

फाइनल खेल सुरु गर्नुअघि क्लबका करिब ५० जना सदस्यहरुले सामुहिक रुपमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै खेलाडी तथा पाहुनाहरुको स्वागत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker