तामाङले जिते सचिन स्मृति दौडको उपाधि

दमौली : रोटर्याक्ट क्लव अफ दमौलीले शनिबार आयोजना गरेको स्व. सचिन स्मृति खुल्ला दौडको उपाधिको म्यानमार सिन्की तामाङले जितेका छन् । क्लवका संस्थापक सहसचिव सचिनको स्मृतिमा क्लवले व्यास नगरपालिका–३ प्रशासनचोकदेखि व्यास नगरपालिका–१४ छाब्दी वाराही मन्दिरसम्मको नौ किलोमिटर दौड २७ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तामाङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा कृष्णबहादुर परियार द्वितीय र सनम गुरुङ तृतीय भएका छन् । उनीहरुले क्रमशः उक्त दूरी ३० मिनेट १३ सेकेण्ड र ३१ मिेनट १४ सेकेण्डमा पूरा गर्नुभएको क्लवका अध्यक्ष गोविन्द तिमिल्सिनाले जानकारी दिए । उनीहरुले क्रमशः जनही रु १५ हजार पाँच सय, रु १२ हजार पाँच सय रु आठ हजार पाँच सय नगद पुरस्कार प्राप्त गएको छ ।

यस्तै महिलातर्फ उमादेवी गुरुङ विजेता भइन् । उनले उक्त दूरी ४८ मिनेट १४ सेकेण्डमा पूरा गरिन् । बालकधावकतर्फ सौरव अर्याल विजयी भए । उनले एक घण्टा २७ मिनेटमा उक्त दूरी पूरा गरेको क्लवले जनाएको छ । महिला धावकलाई रु एक हजार पाँच सय र बाल धावकलाई पनि रु एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ ।

विजेताहरुलाई व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सामाजिक काममा क्लवले पु¥याएको योगदान सकारात्मक रहेको चर्चा गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker