खोज र नष्ट गर अभियान

वर्षायामसंगै डेङ्गु संक्रमणको जोखिम बढ्दै गएपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा रहेका ग्यारेज तथा अन्यत्र राखिएको टायरमा जमेको पानी फाल्न, पानी जम्न नदिन सचेत गराउनुका साथै डेङ्गु सार्ने लामखुट्टे लार्भा खोज र नष्ट गर अभियानमा सहभागिहरु ।

प्रदेश स्वास्थ्य कार्यालय तनहुँ र वडा अध्यक्ष शिवकुमार श्रेष्ठको नेतृत्वमा डुम्रे बजार क्षेत्रमा सोमबार डेङ्गु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाइएको थियो । तस्विर : भञ्ज्याङ










