प्रदेश खेलकुद परिषद्को सदस्यमा तनहुँकी केशु गुरुङ मनोनित

दमौली : प्रदेश खेलकुद परिषद् सदस्यमा तनहुँ बन्दीपुरकी केशमाया (केशु) गुरुङ मनोनित भएकी छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको असार ३० गतेको निर्णय अनुसार गुरुङ सदस्यमा मनोनित भएकी हुन् ।

प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२) को खण्ड ऐनको दफा ३ को उपदफा (२) खण्ड घ बमोजिम प्रदेश खेलकुद परिषदको सदस्य पदमा मनोनयन गरी सोही ऐनको उपदफा ७ को उपदफा (१) बमोजिम पदावधि चार तोकिएको जनाइएको छ ।

गण्डकी प्रदेशमा खेलकुद संरक्षण, सम्वद्र्धन र विकास गर्ने गहन जिम्मेवारी सुम्पिएको हुँदा तोकिएको जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन हुने अपेक्षा गरिएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker