महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बालाई तनहुँमा सम्मान

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा आयोजित एक कार्यक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई सम्मान गरिएको छ । हरितालिका तीज पर्वको अवसरमा मंगलबार उनलाई सम्मान गरिएको हो ।
महिला फुटबलको विकाससँगै महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै उनलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी नगरपालिका–४ ले आयोजना गरेको तिज गीत प्रतियोगिताको अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वति गुरुङ, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।
सम्मानित भएपछि बोल्दै उनले बालबालिकालाई जे विषयमा रुची छ त्यसैमा परिवारले समर्थन गरेर अगाडि बढाउनुपर्ने सुनाइन् । बाल्यकालमा मोजाको भकुन्डे खोल्दा परिवारले दिएको साथलाई स्मरण गर्दै उनले भनिन्, ‘समाजबाट नकरात्मक तर्कहरु आउन सक्छन् । ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ ।’
उनले भनिन, ‘सही बाटोमा हिँडेको बेला बालबालिकाको रुची अनुसार अगाडि बढ्न दिनसके उपलब्धी मुलक बन्नसक्छ ।’
‘मलाई मेरो बुबाममीले खेलको लागि कहिल्यै पनि रोक्नुभएन । तर, घरको काम सकाउनुपथ्र्यो’, सावित्राले भनिन्, ‘काम सकेपछि जहाँ जानपनि छुट थियो ।’ खाली खुट्टा मोजाको बल खेलेर आफूले सुरुवात गरेको स्मरण गर्दै उनले भनिन्, ‘म काठमाडौं जाने अघिल्लो दिनसम्म पनि जुत्ता थिएन । मोजाको बल छाडेर गाउँबाट विदा भएको थियो । त्यो अवस्थादेखि आज यो ठाउँमा आइपुगेको छु ।’
समाज परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्ने साम्बाले सुझाइन् । सामाजिक सञ्जाल र मोबाइलबाट बालबालिकालाई टाढा राख्ने उनले अभिभावकलाई सचेत समेत गरिन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker