‘विपद् व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक’

गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापमा सामूहिक प्रयास आवश्यक हुने बताउनुभएको छ ।

मनसुन सुरु भएपश्चात् गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुनःस्थापनालगायतका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा उहाँले विपद्को जोखिम अझै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्धार, राहत र पुनःस्थापनमा सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षति बेहोर्नु परेकाले सबै संवेदनशील हुन जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मनसुन अझै सक्रिय भएका सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुुभयो ।

स्थानीय र सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले पनि विपद् व्यवस्थापनका काम गर्दै आएको उहाँको भनाइ छ ।

विपद्का कारण क्षति बेहोर्नुपरेका, ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै वितरण गर्न उहाँले निर्देशन दिनुुभयो ।

विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चार क्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रसारण गर्न उहाँले अनुरोध गर्नुुभयो ।

विपद्को अवस्थामा आपत्कालीन खोज, उद्धार, राहतलगायतलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालय, आयोग, निकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयात्मक रुपमा परिचालन गर्ने र यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानी र सिँचाइ र पूर्वाधार विकास र स्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालय र निर्देशनालय र निकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवं सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने निर्णय गरिएको छ ।

विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनका लागि भूगर्वविद्सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखी पठाउने र यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाइ हेर्नेलगायत प्रदेश र जिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्का कारण सडक पूर्वाधार, खानेपानी तथा सिँचाइका संरचनामा पुगेको क्षति र मर्मतसम्भारसम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयारगरी आवश्यकतानुसार मर्मतसम्भार एवं पुनःनिर्माण गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्बाट भएको र हुनसक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपत्कालीन रुपमा प्रयोग गर्नुपर्ने पाइप, तारजाली तथा अन्य सार्वजनिक निर्माणलगायत विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यको खरिद प्रक्रिया यथासम्भव छिटोछरितो रुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने बैठकको निर्णय छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker