तनहुँमा १६५ नयाँ उद्योग दर्ता, ५ हजार बढिले पाए रोजगारी

भञ्ज्याङ न्यूज

चालु आर्थिक वर्षो पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलक लगायतका उद्योग दर्ता हुँदै आएका छन् ।

दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा दुइ हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष२०७६/७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो ।

कृषि र पशुपालनमा युवाको आकर्षा बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । “कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “कृषि तथा वनजन्यतर्फदुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फआकर्षण बढ्दो छ ।”

जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । कार्यालयले सोही अवधिमा रु ३० लाख भन्दा बढी राजस्व संकलन गरेको छ । दर्ता भएका उद्योगबाट रु ३० लाख ४३ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएको उद्येागले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १००, रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker