पञ्चमुनिदेव माविको व्यवस्थापन समिति अध्यक्षमा श्रेष्ठ

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
स्थानीय अभिभावक, शिक्षक, पूर्वपदाधिकारी, वडाध्यक्ष तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भेलाबाट सन्तोष श्रेष्ठको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरिएको हो । समितिको सदस्यहरू पूर्ण कुमार श्रेष्ठ, रामप्रसाद लम्साल र विमला कुमारी परियार रहेका छन् ।
यस्तै, रुपा पौडेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । संघको सदस्यहरुमा कृष्ण प्रसाद सिग्देल, अमृता खनाल भट्टराई, मुस्कान वानु रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी तथा शिक्षकहरुले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थिए ।
विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारमा सुधार ल्याउने दिशामा नयाँ समितिले नेतृत्व दिने विश्वास व्यक्त गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker