तनहुँको घिरिङ-५ मा नेकपाको वडा कमिटी बैठक तथा अन्तरक्रिया

- भञ्ज्याङ समाचारदाता (घिरिङ)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घिरिङ गाउँपालिका वडा नं. ५ वडा कमिटीको बैठक तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । उक्त बैठक तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य बिष्णुभक्त सिग्देल बिकास निर्माणमा र पार्टी निर्माणमा नेता तथा कार्यकर्ता अत्यन्तै गम्भिर र सचेत भएर लाग्नु पर्ने बताएका थिए ।
उनले गाउँको विकासका लागि स्थानीय बासिन्दानै जागरुक हुनुपर्ने र गाउँमा आएका विभिन्न विकास निर्माणका योजना तथा बजेटका विषयमा जानकार भई त्यसको सही रुपमा कार्यान्वन भए नभएको विषयमा समेत सचेत बन्नुपर्ने बताए ।
वडा कमिटीका अध्यक्ष हुम वहादुर विकको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिवालय सदस्य हुम वहादुर थापा, गाउँपालिकाका अध्यक्ष रन बहादुर राना, जिल्ला कमिटी सदस्यहरु भुवन विक, चुननारायण श्रेष्ठ, गाउँ कमिटी सदस्यहरु डम्बर वहादुर थापा, तहलसिँ थापा, सेती माया विक, सुर्य कुमार श्रेष्ठ, सन्तमान श्रेष्ठ, राजु परियार, रेशमलाल श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










