स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण

दमौली : यहाँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासी संरक्षण गरेका छन् । स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीले उक्त कम्पाउण्ड मर्मत गरेका हुन् ।

विसं २०३६ मा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिनुभयो । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाँडी भएपछि स्थानीयवासीले झाँडी सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली भनेर गर्व गर्न सक्ने आँट र साहस भानुभक्त आचार्य हुन् । तर भानुभक्त आचार्यको महत्व सरकारले बुझ्न सकिरहेको छैन ।”

स्थानीय आमाबुबा, युवायुवती भेला भएर सरसफाइ र कम्पाउण्ड मर्मत गरिएको आचार्यले उल्लेख गर्नुभयो । भानुभक्त आचार्यको नाममा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि उक्त समितिले चासो नदिँदा यस ठाउँको दयनीय अवस्था भएको आचार्यको गुनासो छ । उहाँले भन्नुभयो, “सम्बन्धित निकायले गरेन भनेर हामी टुलुटुलु हेरेर बस्ने अवस्था छैन, स्थानीयवासी जाग्नैपर्छ ।”

भानुभक्त जन्मस्थल विकास समिति यसअघि सङ्घीय सरकारमातहत रहे पनि केही समय अगाडि उक्त समिति स्थानीय तहमा गाभिएको छ । उक्त समितिले भानुभक्त आचार्यको जन्मथलोको विकास र प्रचारप्रसारमा जति काम गर्नुपथ्र्यो त्यति हुन नसकेको आचार्यको दुःखेसो छ । भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker