कांग्रेसको क्षेत्रीय अधिवेशन : तनहुँमा १ हजार ७९१ मत खस्यो
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार तनहुँका दुइ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशनो मतदान सकिएको छ । क्षेत्र नं. १ को दमौलीमा र क्षेत्र नं. २ को दुलेगौंडा स्थित बेलचौतारामा नयाँ नेतृत्व चयनका लागि मतदान गरिएको थियो ।
सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ को ९५४ कूल मतदाता संख्या रहेकोमा ९३१ मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् भने २३ जना अनुपस्थित भएको निर्वाचन समितिले जानकारी गराएको छ । यस्तै, क्षेत्र नं. २ मा ८६६ मतदाता रहेकोमा ८६० मतदाता मतदान प्रक्रियामा सहभागि भएको र ६ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी गराएको छ । दुबै क्षेत्रमा गरी कुल १ हजार ८२० मतदाना संख्या रहेकोमा १ हजार ७९१ मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकोले तनहुँको अधिवेशनलाई सबै क्षेत्रको ध्यान तानिएको छ । सभापति शेरबहादुर देउवा पक्षले गृह जिल्लामै पौडेललाई कमजोर देखाउन सोही अनुरुपको प्यानल तयारी गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छ । अधिवेशन अन्तरगत जिल्लामा वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन भईसकेको छ। महाधिवेशन अर्न्तर्गत मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवशेन र मंसिर २४ देखी २६ सम्म महाधिवेशन गर्ने कांग्रेसले समयतालिका र्सार्वजनिक गरेको छ।
क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने छन् । क्षेत्रीय अधिवेशन नेपाली काँग्रेसकोलागि निकै महत्वपूर्ण मानिन्छ । यो अधिवेशनबाट महाधिवेशनमा भाग लिन जाने प्रतिनिधिहरु चयन हुने हुँदा क्षेत्रीय अधिवेशनलाई नेताहरुको शक्ति परिक्षणको रुपमा पनि हेरिन्छ । क्षेत्रीय अधिवेशनबाट चयन भएका महाधिवेशन प्रतिनिधिकै आधारमा केन्द्रीय महाधिवशेन कुन पक्ष हाबी हुन्छ भन्ने आंकलन गर्ने गरिन्छ ।
तनहुँमा वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशनमा सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको कडा प्रतिश्पर्धा भएको छ । दुइ निर्वाचन क्षेत्र रहेको तनहुँबाट ५० जना महाधिवेशन प्रतिनिधि छनौट हुँदै छन् । दुबै निर्वाचन क्षेत्रबाट खुल्ला तर्फ१० जना, खुल्ला महिला ४ जना, खसआर्य पुरुष तर्फ२ जना, खसआर्य महिला १ जना, जनजाती तर्फपुरुष ३ जना, महिला २ जना, दलित तर्फपुरुष १, महिला १ र अल्पसंख्यक तर्फ१ जना महाधिवेशन प्रतिनिधि छनौट गरिन्छ। त्यसैगरि क्षेत्रीय कार्य समितिमा सभापती, दुइ सचिव, दुइ सहसचिव सहित २२ सदस्य निवार्चित हुन्छन्।
जिल्लाको दुबै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्य समितिका लागि जिल्ला सभापती बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदिप पौडेल, गण्डकी प्रदेशका मन्त्री डोवाटे विक, सांसद सरिता गुरुङ लगायतले वरिष्ठ नेता पौडेल निकट रहेर प्यानल बनाइएका थिए।
यस्तै, केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराइ, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, कार्यवहाक जिल्ला सभापती जितप्रकाश आलेको टिमले सभापति देउवा निकटको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ। मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । १४औं महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मंसिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।
एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिले जनाएको छ । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये र्सलाहीमा भने वडा अधिवेशन प्रारम्भ हुन बाँकी छ ।










