पालिकाबाटै मतदाता नामावली दर्ता गराउन रास्वपाको माग

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले जिल्लाका सबै पालिकाबाट मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाउन माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै सबै नगरपालिका र गाउँपालिकाबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन माग गरिएको हो ।

आगामी फागुन २१ गतेमा हुने निर्वाचनका लागि मतदाता नामावली संकलन (दर्ता)को कार्य भइरहेको सन्दर्भमा जिल्लाका सबै स्थानबाट सदरमुकाम आई वायोम्याट्रिक गराउन असहज भएको हुँदा गाउँ÷नगरपालिका स्तरमा सो कार्यको व्यवस्था मिलाउन आवश्यक रहेको रास्वपा सभापति विश्व बास्तोलाले बताए।

बास्तालोले बुझाएको ध्यानाकर्षणपत्रमा चाडपर्वको अवसरमा बजारमा गुणस्तरहिन सामान बिक्रि बितरण भईरहेको, बिक्रि मुल्य अंकित नगरि मनपरी भईरहेको हुँदा बजार अनुगमनलाई तीव्रता दिइ उपभोक्ताको स्वास्थ्य र हितको संरक्षण गर्न पनि माग गरिएको छ ।

जेनजी आन्दोलन पश्चात शान्तिसुरक्षाको अवस्था कमजोर भएको भन्ने बुझाइका बीच विभिन्न उश्रृङ्खल गतिविधि बढेको जनगुनासो आएको हुँदा सुरक्षा गस्ती बढाई देशमा सरकार छ भन्ने अनुभूति दिलाई उश्रृङ्खल गतिविधि नियन्त्रण गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker