नेकपा एस तनहुँको अध्यक्षमा काजीमान चयन
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
यस अघि पार्टीको प्रदेश सदस्य र भिमाद नगर कमिटीको अध्यक्ष रहेका श्रेष्ठलाई बैठकले जिल्लाको नेतृत्वमा श्रेष्ठलाई चयन गरिएको केन्द्रीय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठले बताए ।
तत्कालिन नेकपा एमालेसँग बैचारिक मतभेद देखाउदै माधवकुमार नेपालको नेतृत्वमा गठन गरिएको नेकपा एसको तनहुँमा श्रीराम कार्की अध्यक्ष रहेका थिए । उनी केही हप्ता अघिमात्र एमालेमै फर्किएपछि पार्टीले श्रेष्ठको नेतृत्वमा पार्टी पुनःगठन गरिएको हो ।
बैठक जिल्ला कमिटी सदस्यमा थप ११ जनालाई मनोनित गरेको छ । जिल्ला सदस्यहरुमा बालकृष्ण कंडेल, डिल्लीराम शर्मा, लक्ष्मण परियार, मनिराज आले, कुशल अधिकारी, घनश्याम सुवेदी, गणेश मगर, राजेश परियार, लिलबहादुर थापा, सुर्य सुवेदी र सरस्वती वस्ती रहेका छन् ।










