गोविन्दराज जोशीले तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् ।

आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताए । ‘कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा उहाँहरुले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार हुनुभएको छ’, उनले भने । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker