पार्टीको मुलधारमा फर्कनुहोस : सासंद सिग्देल

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देलले देशमा देखिएको विषम परिवेशमा पार्टीभित्रको समस्यालाई समाधान गर्नका लागि सबै मुलधारमा आउन आग्रह गरेका छन् । नेकपा एमाले सम्वर्द्धन अखिल नेपाल किसान महासंघको जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष सिग्देलले व्यक्ति भन्दा पार्टी विशेष भएको बताए । ‘पार्टीमा गर्नुभएको योगदान निश्चित समयमा पार्टीले मुल्यांकन नै गर्नेछ, सम्पुर्ण पार्टी कार्यकर्ता र नेताहरुलाई पार्टीको मुलधारमा फर्केर समाज र देशप्रति उत्तरदायित्व बहन गर्नुपर्छ’, अध्यक्ष सिग्देलले भने, ‘विषयवस्तुमा असमानता हुनु स्वभाविक हो, तर त्यसैलाई आधार मानेर पार्टी छोड्नु सान्दर्भीक होइन ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका सिग्देलले किसान महासंघ आफैमा कृषिसँग सम्वन्धित रहेको हुँदा जिम्मेवारीताका साथ उत्पादन, तथा विक्री वितरणमा जोडिन आग्रह गरे । कृषिप्रधान देशमा न्युनतम आधारभुत वस्तुसमेत परनिर्भर बन्नु दुखद भएको भन्दै उनले कृषकलाई जोड्न र कृषकको समस्या समाधानमा सरकार लाग्नु पर्ने बताए ।

किसान महासंघ जिल्ला अध्यक्ष सोमराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, किसान महासंघका केन्द्रीय सदस्यहरु नारायण खनाल, देवु विष्ट, इश्वर विष्ट, मित्रप्रसाद न्यौपाने, गोवर्द्धन नेपाली लगायतले आ-आफ्ना विचार व्यक्त गरेको थिए ।

उक्त भेलाले १० वटै स्थानीय तहमा महासंघको अधिवेशन गर्ने निर्णय गरेको छ । महासंघले कृषकलाई पशु तथा कृषिमा भएको समस्यालाई अनलाईन प्रविधिमार्फत पनि सेवा, सल्लाह र सुझाव समेत दिदै आएको महासंघका अध्यक्ष तिमिल्सेनाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker