भानु सप्ताहमा कविता वाचन कार्यक्रम हुने

राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले कविता वाचन कार्यक्रम गर्ने भएको छ ।
‘भाषा, साहित्य र सस्कृतिको उत्थान साहित्यिक जागरण भन्ने मुल नाराका साथ’ प्रतिष्ठानले भानु जयन्ती सप्ताहको पहिलो दिन असार २२ गते शनिबार विहान व्यास नगरपालिकाकाको सभा हलमा रचना बाचन कार्यक्रम आयोजना गरेको गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका महासचिव अमरराज नहर्कीले बताए । प्रतिष्ठानले प्रत्येक वर्ष भानुजयन्तीको अवसरमा कार्यक्रम गर्दै आएको छ।
वरिष्ठ कवि तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेले बताए । आदिकवि भानुभक्त आचार्य र नेपाली साहित्यलाई माया गर्ने सबै महानुभावहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनुहुन प्रतिष्ठानले आग्रह गरेको छ । सोही कार्यक्रममा प्रतिष्ठानका निर्वतमान अध्यक्ष सागर उदाशलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।









