क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

दमौली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना गरिएको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ यस वर्ष साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए ।
यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
तीनवटै पुरस्कारको राशि जनही रु २५ हजार छ । दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker