गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू

पोखरा : गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनबाट अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू सर्वसम्मत चयन भएका छन् ।
शनिबार पोखरा लेकाली चुलोमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सह- कोषाध्यक्षमा छम गुरुङ (बाग्मती प्रदेश संयोजक ) चयन भएका हुन् ।
सदस्यमा आश गुरुङ (गण्डकी प्रदेश संयोजक), प्रतिमा गुरुङ, पवित्रा गुरुङ र सुरज गुरुङ चयन भएका हुन् । बाकी ३ जना कार्यसमिति सदस्य र दुईवटा प्रदेश संयोजक मनोनीत गर्न बाँकी रहेको र पहिलो बैठकबाट मनोनीत गरिने संस्थापक अध्यक्ष गौरी गुरुङले बताइन् ।
नवनिर्वाचित कमिटिलाई गुरुङ साहित्यिक मञ्च नेपालको सल्लाहकार शान्ति गुरुङले सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष तेजबहादुर च्हाक्ली तमूले प्रतिवद्धता मन्तव्य व्यक्त गरेको थिए ।
मञ्चको कानुनी सल्लाहकार अधिवक्ता जुना गुरुङको संयोजकत्वमा सल्लाहकार शान्ति गुरुङ र आजिवन सदस्य केहर सिंह गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो।
यस अघि प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अधिवेशनको उद्घाटन गर्दै साहित्यिक मञ्च नेपालले सम्पुर्ण तमुहरुलाई एकतावद्ध गर्दै साहित्यिक सुझबुझका साथ अगाडि बढन पर्ने बताए ।
यसरी नै तमू प्ये ल्हु संघ केन्द्रीय समिति अध्यक्ष हितकाजी गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ र गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको अध्यक्ष गुन्ज बहादुर गुरुङले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मञ्चको मुखपत्र “सप्तो”, गीतकार तथा कलाकार प्रतिमा गुरुङको “आमा” गीति संग्रह विमोचन गरिएको थियो ।
गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य तेज बहादुर च्हाक्ली तमूले र सञ्चालन महासचिव रोशनी गुरुङले गरेका थिए ।