बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु, ५ जना घाइते

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा बुधबार साँझ भएको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठ दुर्घटनामा परी गम्भिर घाइते भएका र उनको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

यस्तै, उक्त दुर्घटनामा घाइते भएका पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से१च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिदा दुर्घटना भएको थियो । जीपमा ११ जना सवार रहेको बताइएको छ ।

घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । चालक सहित अन्य पाँच जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker