बसको ठक्करबाट पैदलयात्री घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ छविसेमा सवारी दुर्घटना हुँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। सोमबार साँझ करिब ६ः३० बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले बाटोमा हिँडिरहेका करिब २५/३० वर्ष उमेरका फरक क्षमता भएका पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेको नाम, थर र वतन खुल्न नसकेको तथा उनी विगत २–३ दिनदेखि म्याग्दे–६ स्थित अकला मन्दिर परिसरमा देखिँदै आएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेको कम्मरको भागमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

दुर्घटनामा संलग्न बस र चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने ३८ वर्षीय बस चालक मनबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker