राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीमा नेपाली कांग्रेसका जगत र नेकपा एमालेकी सम्झना विजयी

पोखरा : राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीमा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । कांग्रेस–एमालेको गठबन्धनका उम्मेदवार तिमिल्सिना र देवकोटा दुई तिहाईभन्दा बढी बहुमतले विजयी भएका हुन् ।

अन्य क्लष्टरबाट कांग्रेसका जगतले ५ हजार ३३ मतभार पाएका छन् भने एमालेकी सम्झना ५ हजार १४ मतभारका साथ विजयी भएकी छन् ।

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ जना मतदानमा सहभागी भएका थिए । राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी छन् भने तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट महिलामा गोमा घिमिरे र अन्यमा कपिल लामा प्रतिस्पर्धी थिए । नेकपाकी गोमाले ९४१ मतभार प्राप्त गरिन् भने कपिलले ९४१ मतभार पाए ।

जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाएका छन् भने सोही पार्टीकी लक्ष्मी सापकोटाले पनि समान मत पाइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker