काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले राससलाई जानकारी दिनुभयो ।

कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।

न्यौपानेको राजनीतिक पृष्ठभूमिः

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुनुभएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो ।

यसअघि २०७४ मा उहाँ २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुुन्थ्यो । उहाँ विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो । उहाँले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुल्नुभएको छ ।

सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उहाँ सामाजिक अभिन्ताका रुपमा परिचित हुनुहुन्छ । रासस

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker